सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“फिल फिल जामा” जस्तै कन्स्ट्रक्सन डाेजर चल्ला त गायक विरे तामाङकाे ?

काठमाडौँ । “फिल फिल जामा”को गायक बीरे तामाङले भक्तपुरको मालपोत कार्यलय क्षेत्रमा घर जग्गा सम्बन्धि लगाएत विभिन्न प्रायोजनका लागि फ्याफुल्ला सर्भिस प्रा. लि. संचालनमा ल्याएको छ । गायक बीरे तामाङ पेशागतरुपमा खाईवा अर्थात थाङ्का आर्टिस भएता पनि पछिल्लो समयमा उहाँले गायकको रुपमा पहिचान कमाएको छ तर अहिले उहाँले व्यवसायलाई निरन्तरता दिदै घर जग्गा कारोबारमा हात हालेका छन् ।

अंग्रेजी वर्ष २०२१ जनवरी एक को विशेष अवसर पारेर शुरु गर्न लागेको व्यवसाय फ्याफुल्ला सर्भिस प्रा. लि.को गायक तथा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङको प्रमुख आतित्थ्यतामा रिबन काटेर उदघाटन गरेको थियो । उक्त कार्यक्रमलाई तामाङ समुदायमा शब्द रचनाकारको रुपमा पहिचान कमाउन सफल कुमार स्याङ्बोले व्यवस्थापनका लागि सहजकर्ताको भुमिका निभाएका थिए ।

कार्यक्रममा गायक तथा संगीतकार निमा दोङ, लामा गुरु, जम्बुलिङ सेवा समाजका अध्यक्ष लगाएतका विशेष व्यक्तित्वहरुको उपस्थिति रहेका थिए ।

तामाङ समुदायमा केही गर्नु पर्छ भन्ने युवाहरूमा जाेश र जागर देख्न सकिन्छ। पछिल्लाे समयमा तामाङ समुदायका युवाहरूमा धेरै परिवर्तन आएकाे देखिन्छ। त्यसमा आर्थिक, सामाजिक र शिक्षा जाेडिएका हुन्छन् । त्यसकाे एक उदाहरण गायक विरे तामाङ पनि हाे। किन भने विरे तामाङ काेठा भित्र बसेर थाङ्का लेखिरहने एक आर्टिस मात्र थियाे तर अहिले उहाँले घरजग्गाकाे काममा हात हालेकाे छन् याे चेतनाकाे बृद्धि या पेशामा परिवर्तन ल्याउनु पर्छ भन्ने शिक्षाकाे हाे प्रभाव भन्दा फरक पर्दैन।
बाँकी भिडियाे हेर्नु हाेला।

भर्खरै

सम्बन्धित खबर

Language »