सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बलिउड महानायक अमिताभ बच्चनका श्रीमती ,बुहारी र नातिनीमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ

बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

उनीहरुमा कोरोना संक्रमण देखिएपछि शनिबार राति नै मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको भारतिय मिडियामा जनाइएको छ । यस्तै अभिनेता अमिताभकी पत्नी जया बच्चन र अभिषेककी पत्नी तथा अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

अमिताभका परिवारका अन्य सदस्य साथै घरमा काम गर्ने कामदारको परीक्षण गरिएको थियो । भारतिय मिडियाका अनुसार जया बच्चन, ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । बाकीँ कर्मचारीको भने रिपोर्ट आउन बाकीँ रहेको छ ।

उनीहरुलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि बलिउडका कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »