सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको ढकेरीमा शाहमाथी आक्रमण, शाहको कोहलपुरमा उपचार हुँदै


नेपालगन्ज, बाँकेको राप्ती सोनारी ९ ढकेरिमा गएराती एक समुहले राप्तीसोनारी ९ का तिलक जंग शाहलाई धारिलो हतियार प्रयोग गरि आक्रमण गरेका छन् । शनिबार राती करिब १०:३० बजे तिर शाहलाई धारिलो हतियारले आक्रमण गरेको बताइएको छ ।

घटनामा शाहको धारिलो हतियारले दाहिले खुट्टा र हातमा काटिएको छ भने शाहको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको र घटनामा संलग्न आरोपिहरुको तिब्र रुपमा खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घाइते शाहका अनुसार उनलाई राप्तीसोनारी वडा नम्बर ९ ढकेरीका केशब रोकाय, केशर रोकाय, गोबिन्द शाह , युवराज खत्री, सुवास बस्नेत, ऋषि गिरि, वीर बहादुर खत्री, भुपेन्द्र खत्री लगायत केही अपरिचित ब्यक्ती धारिलो हतियार प्रयोग गरि मरनासन्न हुने गरि कुटपिट गरेको प्रहरीलाई बताएको र सोही अनुसार आरोपीहरुको खोजि गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुलदिप चन्दले बताएका छन् ।


गत बर्ष राप्तिसोनारी गाउँपालिकाले राजस्व संकलनका लागि राखेको कर्मचारी रहदा तिलक जंग शाहले आरोपितको अबैध नदि जन्य सामाग्रीलाई रोकेको र त्यसैको बहानामा पटकपटक आफुमाथी आक्रमणको प्रयास भएको र हिजो आक्रमण गरेको शाहले बताएका छन् ।

घटनामा आरोपित केही ब्यक्तिहरु यस अघिका अन्य घटनामा पनि संलग्न रहेको र आरोपीत रहेको बताइएको छ । (नागरिक समाज सभार)

भर्खरै

सम्बन्धित खबर

Language »