सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्कोद्धारा उद्यमशिलता विकास र व्यवसायीक योजना तालिम सञ्चालन

नेपालगन्ज, बाँके युनेस्को क्लबले मानवबेचविखनबाट पिडित र बेचविखनको जोखिममा पर्ने अवस्थाका महिला र किशोरीलाई लक्षित गरेर पाँच दिने उद्यमशिलता विकास र व्यवसायीक योजना तालिम शुरु गरेको छ ।


प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत बाँकेका चारवटा पालिकाका मानवबेचविखनबाट पिडित, बेचविखनको जोखिममा पर्ने अवस्थाका तथा लैंगिंक हिंसा र घरेलु हिंसाबाट पिडित महिला र किशोरीहरुका लागि सो तालिम शुरु गरिएको हो ।


बाँकेको नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका र खजुरा तथा बैजनाथ गाउँपालिकाका विभिन्न प्रकारका हिंसाबाट पिडित र जोखिममा रहेका २० जना महिला तथा किशोरीलाई सफल व्यवसायी बनाएर आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

No description available.


उहाँले सो तालिम पश्चात ती सहभागिहरुलाई व्युटिपार्लर र टेलरिंग सम्बन्धि मुख्य तालिम भेरी प्राविधिक शिक्षालयमा दिलाएर व्यवसायमा लगाउने र व्यवसाय शुरु गर्ने बेला पनि उनिहरुलाई क्लबले सहयोग गर्ने बताउनुभयो ।
यो पाँच दिने तालिममा व्यापार योजना बनाउने, व्यवसाय कसरी गर्ने, सफल व्यवसायी कसरी बन्ने र कसरी शुरु गर्ने जस्ता आधारभूत प्रशिक्षण दिईने परियोजनाका संयोजक महेश नेपालीले बताउनुभयो ।


तालिमको सहजकर्ता÷प्रशिक्षक प्रकाश नेपाली रहनु भएको छ भने बाँके युनेस्को क्लबका फिल्ड अफिसर शंकर सिंह थारु र शकिल अन्सारीले पनि सहयोग गरिरहनु भएको छ ।


तालिममा सहभागि अधिकांश महिला र किशोरीहरुले आफु आत्मनिर्भर बन्न यो तालिम निकै उपयोगी हुने विश्वास व्यक्त गर्दै जसरी पनि सफल व्यवसायी बनेर अरुका लागि उदाहरण बन्ने प्रतिवद्धता जनाएका छन् ।


मानवबेचविखन विरुद्ध बाँके युनेस्को क्लबले सञ्चालन गरेको कार्यक्रमले सो रोकथाम र नियन्त्रणका साथै अन्य विभिन्न हिंसा र जोखिमबाट पनि महिला तथा बालबालिकालाई जोगाउन सहयोग गरिरहेको उनिहरुको भनाई थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »