सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ५४औं स्थापना दिवस मनाइयो


नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ५४औ स्थापना दिवस आज नेपालगंजमा मनाइएको छ ।
दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बाँके शाखाका संस्थापक रेडक्रसकर्मीहरुलाई सम्झदै संकटको घडीमा दिनरात खटि काम गर्ने रेडक्रस स्वयंसेवकहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले संस्थागत विकासका लागि जिल्ला कार्य समिति हरसम्भव प्रयासरत रहेको बताउनु भयो ।

May be an image of one or more people and people standing


शाखा कार्यालयमा आयोजित कार्यक्रममा सभापति गोवर्धन सिंह सम्झना, पूर्व केन्द्रीय उपाध्यक्ष अजीत कुमार शर्मा र उपसभापति सुरेन्द्रनाथ सापकोटाले संयुक्तहरुमा केक कटी एकअर्कालाई केक ख्वाएर ५४औ स्थापना दिवस मनाउनु भएको हो ।

May be an image of 2 people and people standing


कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायत जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य, उपशाखाका प्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »