सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेलम्चि पछिल्लो अपडेट : हराएका हरु को लाश भेटिन थाल्यो

काठमाडौं। सिन्धुपाल्चोकमा बाढीमा हराइरहेका २० जनामध्ये एक जनाको शव भेटिएको छ । सम्पर्कविहीन भएका एक जना चिनियाँ नागरिकको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

सबैजनाको ध्यान मेलम्चिमा मात्र केन्द्रीत हुँदा अन्य स्थानको जनजिवन कष्टकर बन्दै ग ई रहेको त्यहाँका स्थानिय हरुले बतएका छन् ।

सबै पक्कि पुल र झोलुङ्गे पुलहरु पुर्णरुपमा ध्वस्त भएकाले मेलम्चि भन्दा माथिको भागमा भएको क्षती र उद्धारको काममा प्रगतीहुन नसकेको त्यस स्थानमा उद्धारमा खटीएका एक स्थानिय युवा बताउछन्।

 हेलिकप्टर मा भएपनि त्यस स्थानमा उद्धार र  राहतको काममा जुट्न सिन्धुपाल्चोकका युवाहरुले संबन्धित पार्टी तथा नेताहरुलाई दवाब दिई रहेका  छन् ।

 सरकारमा रहेका तथा अन्य पार्टीका सबै नेता हरुले त्यसस्थानको अवलोकन गरेपछि अब राहत र उद्धारमा केहि सहजता हुने अनुमान गरीएको छ ।

सबै पार्टीका युवा संगठनहरु त्यस स्थानमा स्वयंसेवकको रुपमा खटीरहेका  छन्।

बाढीमा परेर घाइते भएकाको हिजै उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । बाढीका कारण मेलम्ची नगरपालिकाका  ६ सय र हेलम्बु गाउँपालिकाका झण्डै ३ सय जना विस्थापित भएका छन् । उनीहरुलाई विद्यालय र सामुदायिक भवनमा राखिएको छ ।

नेपाल रेडक्रसको सिन्धुपाल्चोक शाखाले हिजो उनीहरुलाई खानेकुराको व्यवस्था मिलाएको थियो । आज भने वाग्मती प्रदेश सरकारले पठाएको एक ट्रक खाद्यान्न वितरण गरिने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । यस्तै, त्यहाँका अन्य विभिन्न गैरसरकारी सङ्घसंस्थाहरुले पनि राहत उपलब्ध गराइरहेका उहाँले बताउनुभयो ।

बाढीले के – कति क्षति गर्यो भन्नेबारे एकिन विवरण आएको छैन । हिजो उद्धारलाई जोड दिइएको थियो आजदेखि भने क्षतिको विवरण सङ्कलन गरिने पनि प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा हिजो बेलुकीदेखि आइरहेको बाढीका कारण मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ ।

मेलम्ची र इन्द्रावती खोलामा बाढी आउँदा बस्तीहरू डुबानमा पर्नुका साथै घर तथा पुललगायत बगाएको छ । प्रहरीका अनुसार दुई पक्की मोटरेबलसहित आधा दर्जन झोलुङ्गे पुल र घर बगेको विवरण सङ्कलन भएको छ । मेलम्चीले झन्डै एक दर्जन ट्राउट माछा फर्म, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटी पार्कलगायत बगाएको छ । पहिरोले मेलम्ची नदी थुनिएको र त्यो बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुबाउने गरी बाढी आएको पाइएको छ

भर्खरै

सम्बन्धित खबर

Language »