सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालाजु बाईपासमा फेरी बिवाद : अभियन्ता सहित पिडीतहरु पक्राउ

       काठ्माडौं। बालाजु बाईपासमा बन्न लागेको सुचना केन्द्रको कम्पाउण्ड बार भत्काएको आरोपमा  उपत्यकाब्यापि सडक बिस्तार पिडित शंघर्ष समितिका अध्यक्ष सुमन सायमि र सदस्य बिरोचन श्रेष्ठ लगायत त्यहीका जग्गा धनी मीन शाहि, महेश्वर मानन्धर, संजय तामाङ , दिपेन श्रेष्ठ , भिम देव श्रेष्ठ , रूक्षित श्रेष्ठ लाई बालाजु प्रहरीले नियन्त्रण मा  लिएको  छ  । बिगत लामोसमय देखि बिवादित बन्दै आईरहेको बाईपास  चोक मै बन्न  लागेको सुचना केन्द्र आफुहरुले दावि गरे  बमोजिम सर्वच्व अदालतले जारी गरेको निषेधाग्या भित्रको भुभाग रहेको  सो भुभाग मा कुनैपनि काम  नगर्नु  नगराउनु  भनेर आदेश भएको ले  त्यहाँ निर्माण हुन लागेको  सुचना  केन्द्र तत्काल को  लागी रोक्नु पर्ने  त्यहाँ  को  पिडित हरु  को माग  छ ।

  एकाबिहानै  बाईपासमा  संरचना भत्काउन पुगेका स्थानिय पिडित हरुलाई प्रहरीले पक्राउ गरेपछि समितिका अध्यक्ष सुमन सायमि लगाएतको समुह  उनिहरुलाई छुटाउन महानगरीय प्रहरी बृत बालाजु पुगेको  थियो  । पक्राउ  परेका  हरुसंग  नेवारीभाषा मा  कुराकानि गरीरहेका अध्यक्ष लाई ड्युटीमा रहेका प्रहरी निरिक्षक ले  बुझ्ने भाषामा  कुरागर्न भने पछि बिवाद चर्किएको थियो  । बिवाद संगै प्रहरीले आफुहरुलाई गालिगलौज समेत  गरेको  आरोपमा अध्यक्ष सुमन  सायमिलाई बृत भित्रै बाट नियन्त्रण मा  लिएको हो  । पक्राउ पुर्जी बिनै किन  पक्राउ  गरेको भन्दै प्रहरी संग  केहिबेर कानुनब्यबसायि को पनि भनाभन  भएको  थियो  । सोहिक्रम  मा  प्रहरीलाई गालि गलौज गरेको भन्दै बिरोचन श्रेष्ठ लाई पनि  नियन्त्रण मा  लिईएको  थियो  ।

आफ्ना सबै अभियन्ता हरुलाई बिना शर्त रीहाई गर्नु  पर्ने माग गर्दै बेलुकिपख नेवा अभियन्ता हरु  को समुहले केहिबेर चौकि अगाडी नाराबाजि समेत गरेको थियो । स्थितिलाई भड्किन नदिन  प्रहरीले तपाई हरुले नाराबाजि रोकेको खण्डमा वार्ता द्वारा समस्याको समाधान खोज्न  सकिने बताएपछि नारावाजि रोकिएको  थियो  । रात पर्दै गएपछि बिस्तारै सडक  मा रहेका  अभियन्ता को  शंख्या घट्दै गएको थाहा पाएपछि प्रहरीले आज कुनैपनि हालतमा  छोड्न नमिल्ने भयो भनेर  बाँकि अभियन्ता  हरु  लाई  भोलि बिहान वार्ता गरेर  निश्कर्ष निकाल्ने भन्दै फर्काई दिएको  थियो  ।

माथिको आदेश भन्दै यसरी पटक पटक प्रहरीले आफुहरुलाई दुख दिएको मात्र  नभएर  सम्माननिय सर्वच्व अदालत  को समेत  अपहेलाना गरेको अभियन्ताहरुको दावि छ। समाचार संकलनको  क्रम मा  त्यहाँ पुगेको खोज संचार को सम्बाददाता ले अनुमतीबिना  प्रहरी कम्पाउण्ड भित्र  को फोटो खिचेको भन्दै प्रहरीले क्यामेरा केहिसमय नियन्त्रणमा लिएर पछि  फिर्ता गरेको  थियो  । बिनाशर्त सबै अभियन्ताहरुलाई नछाडे भोलि देखि शशक्त आन्दोलन  गर्ने  तथा  सर्वच्व र  मानवाधिकार को ढोका  ढकढक्याउन  जाने अभियन्ताहरुले बताएका छन्।

हिउँदमा धुलो र  बर्षामा  हिलो को कारण आक्रान्त त्यसक्षेत्र का नागरीक भने छिटो भन्दा छिटो यो समस्याको समाधान गरेर  त्यो सडक पिच होस् भन्ने चाहान्छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »