सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालाजु वाईपासबाट पक्राउ परेका सबै अभियन्ता रिहा

काठमाडौं । बालाजु वाईपासबाट पक्राउ परेका अभियान्ता सुमन सायमी सहित सबै रिहा भएका छन । 

सर्वोच्च अदालतले सडक विस्तार पीडित तथा अभियन्ताहरूलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । 

न्यायाधीश प्रकाशमान सिंह राउत र दीपककुमार कार्कीको इजलासले उनीहरूलाई छाड्न आदेश दिएको हो । 

फागुन १२ गते बालाजु सुचना केन्द्रमा लगाएको बारहरु भत्काएको भन्दै प्रहरीले मीनबहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठलाई पक्राउ गरेको थियो ।

 उनीहरुलाई पक्राउ गरे लगत्तै बुझ्न भनि काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि र विरोचन श्रेष्ठ प्रहरी कार्यालयमा पुगेका थिए र त्यहाँ पक्राउ परेकाहरुसँग नेपाल भाषामा कुरा गरेपछि भएको भएको विवादमा उनीहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारको मुद्दा लगाएका थिए । 

अभियन्ताहरु पक्राउको विरोधमा काठमाडौंमा स्थानीय, नागरिक समाजहरुले उनीहरुको रिहाईको लागि प्रदर्शन गर्दै आएका थिए । 

रिहा भएका अभियन्ताहरुलाई काठमाडौंको इन्द्रचोकमा स्वागत गरिएको छ । अभियन्ता सुमन सायमी, विरोचन श्रेष्ठ लगायात ८ जना अभियान्ताहरुलाई विना शर्त रिहा गरिएको हो ।

अभियन्ताहरुको रिहाईको लागि इन्द्रचोकमा आयोजित कार्यक्रममा स्वागतपछि अभियन्ताहरुलाई इन्द्रचोकबाट क्षेत्रपाटी हुँदै कालिमाटी चोक सम्म परिक्रमा गराईएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »