सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शोक

सोमबार प्रधानमन्त्री जोन्सनकी ७९ वर्षीया आमा शारलोट जोन्सन वाहलको लण्डनस्थित एक अस्पतालमा निधन भएको स्थानीय पत्रिका टेलिग्राफले जनाएको छ ।

प्रधानमन्त्री जोन्सनकी आमा व्यावसायिक चित्रकारसमेत हुन् । ४० वर्षको उमेरमा नै पार्किन्सनको समस्याबाट पीडित शार्लोटले आफ्नो चित्रकारीतालाई भने निरन्तर अगाडि बढाएकी थिइन् । उनका चार सन्तानहरु प्रधानमन्त्री बोरिस जोन्सन, पूर्व विश्वविद्यालय मन्त्री जो, पत्रकार र्याचेल र पर्यावरण अभियानकर्ता लियो हुन् ।

सन् १९४२ मा जन्मिएकी श्रीमती शार्लोट जोन्सन वाहका बुबा सन् १९७० मा युरोपेली आयोगका अध्यक्ष थिए । विभिन्न राजनैतिक तथा वरिष्ठ व्यक्तित्वहरुले प्रधानमन्त्री जोन्सन तथा उनका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »