सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भक्तपुर घटनाको पोष्टमार्टम रिपोर्ट : श्रीमती-छोराको हत्याको २४ घन्टापछि आत्महत्या

भक्तपुर। भक्तपुरको सामूहिक हत्या प्रकरणमा घरमुली सुदीप अधिकारीले पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको प्रहरीको आशंकालाई पोस्टमार्टम रिपोर्टले बल पुर्‍याएको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६, कुन्डोलका ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीय सम्झना र छोरा १५ वर्षीय सुशान्तको २६ भदौमा घरभित्रै शव भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले सुदीपले श्रीमती र छोराको हत्या गरेर विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरेको थियो ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार पोस्टमार्टम रिपोर्टले आमाछोराको धारिलो हतियार प्रहारबाट मृत्यु भएको निष्कर्ष निकालेको छ ।

काठमाडौं मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमले पनि त्यही देखाएको छ । सम्झनाको मृत्युको कारणमा ‘बल्ट फोर्स इन्जुरी अन हेड’ भनिएको छ । साथमा टाउकोमा तीन पटक छुरा प्रहार भएको रिपोर्टमा उल्लेख छ ।

छोराको भने घाँटी रेटेको पाइएको छ । अनुसन्धान अधिकृतहरुका अनुसार छोरा १५ वर्षीय सुशान्तको भने हत्याअघि संघर्ष भएको हुनसक्ने देखिएको छ । प्रहरीले सुशान्तको शव घोप्टो परेको अवस्थामा भेटेको थियो । घाँटी रेटेपछि उनको टाउकोमा पनि चार पटक प्रहार गरेको पाइएको छ।

स्रोतका अनुसार सुदीपको मृत्यु भने ‘सल्फस’ नामक विष सेवन गरेर भएको पाइएको छ । आमाछोराको हत्यापछि २४ देखि ४८ घन्टाको बीचमा सुदीपले आत्महत्या गरेको हुनसक्ने रिपोर्टले देखाएको छ ।

वस्तुस्थितिको विश्लेषणका आधार प्रहरीले तयार पारेको प्रतिवेदनले सुदीपले २४ भदौमा १२ देखि २ बजेसम्मको अवधिमा आमाछोराको हत्या गरेको हुनसक्ने देखाएको छ । भोलिपल्ट उनले बिहान ४ः१३ बजे मोबाइल स्वीच अफ गरेका छन् । त्यहीपछि उनले विष सेवन गरेको हुनसक्ने प्रहरी आशंका छ ।

प्रहरीका अनुसार घरको पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको हत्या भएको थियो । केही अघि पूजाका लागि भनेर किनेको कपडा आमाछोराको शवमा ओढाएका थिए । त्यसपछि सुदीपले विष सेवन गरेको हुनसक्ने आशंका गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »