सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा एकै दिन थपिए ६६ हजार संक्रमित, ९४२ काे मृत्यु

काठमाडौँ । भारतमा एकै दिन ६६ हजार ९९९ जनामा काेराेना संक्रमण देखिएकाे छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा ६६ हजार ९९९ जनामा संक्रमण देखिएकाे हाे।

याेसँगै भारतमा कूल संक्रमितकाे संख्या २३ लाख ९६ हजार नाघेकाे छ। मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काेराेनाका कारण ९४२ जनाकाे मृत्यु भएकाे छ। याेसँगै मृत्यु हुनेकाे संख्या ४७ हजार ३३ पुगेकाे छ।

संक्रमितमध्ये ६ लाख ५३ हजार ६२२ संक्रिय संक्रमित छन् भने १६ लाख ९५ जना निकाे भएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »