सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“मिस तामाङ २०२१” को पहिलो अडीसन सम्पन्न

काठमाडौँ । यही आउँदो २८५७ औं सोनाम ल्होछारको अवसरमा हुने  भनिएको पहिलो अडीसन “मिस तामाङ २०२१” आज सम्पन्न भएको छ ।

एभरेष्ट् फेसन होमको आयोजनामा भएको यो मिस तामाङको अडिसन हिमालय रीमठीम क्याफे नयाँ बानेस्वरमा सम्पन्न भएको हो ।

अडिसनमा सहभागीहरुको मुल्याङ्कन मिस तामाङ्ग २०१७  कि पहिलो रनर अप ङवाङ मोक्तानले गरेकी थिईन् ।

अडिसनमा   बाग्मती प्रदेशका काठ्माण्डौ , काभ्रे ,सिन्धुली ,रामेछाप ,धार्दिङ ,नुवाकोट , रसुवा , भक्तपुर , दोलखा ,र प्रदेश नं. १ धरानबाट समेत सहभागीता रहेको थियो ।

 मिस तामाङमा सहभागीता हुनका लागि तामाङ जाति हुनुपर्ने र १६ वर्ष देखि २८ वर्ष नकटेको हुनु पर्ने , कम्तिमा ५ फिट उचाई र एस. एल. सी. सम्मको शैक्षिक योग्यता अनिवार्य हुनुपर्ने मापदण्ड तोकिएको थियो ।

 होटल ¥याडिसनमा २००६ मा पहिलो पटक मिस तामाङको आयोजना भएको थियो भने १७ वर्ष पछाडी सोही स्थानमा मिस तामाङको फाइनल ताज कस्ले जित्छ भन्ने घोषणा गरिने छ ।

यसरी मिस तामाङमा सहभागी हुनेहरुका लागि १ महिनासम्मको तालिम अवधि तोकिएको छ भने उक्त अवसरमा तामाङ भाषाको महत्व, व्यतित्व विकास, तामाङ जातिको इतिहास, श्रृङ्गार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्यको अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाक जस्ता विभिन्न तालिम दिइने अध्यक्ष रन्जिता लामाले बताउनुभयो।

मिस तामाङ २०२१ को महत्व र सदाको भन्दा अलि फरक र पृथक हुने पनि एभरेष्ट फेसन होमको अध्यक्ष रन्जिता लामाले बताउनुभयो।

विगतमा विभिन्न तत्वहरुको कारणले मिस तामाङ विवादमा आएको भएता पनि यस पटक त्यसो हुन नदिने अध्यक्ष लामाले प्रतिबद्धता जाहेर गरेकी छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »