सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोहम्मद डेमा नरैनापुर गाउँपालिकाले दियो सार्वजनिक विदा


नरैनापुर, बाँकेको नरैनापुर गाउँपालिकाले मोहम्मद डेमा सार्वजनिक विदा दिएको
छ ।

भोलि (शुक्रबार) कार्तिक १४ गते परेको इस्लाम धर्माबलम्बीहरुले धुमधामका साथ मनाउने मोहम्मद डेका अवसरमा सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तिलाई इस्लाम धर्माबलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन् ।

गाउँपालिकाका अध्यक्ष शाहले एक शुभकामना सन्देश दिँदै भन्नुभएको छ, “विश्वलाई शान्ति र अहिंसाको बाटोमा लान मोहम्मद हजरत पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गदछौं ।

” स्थानीय तहले आवश्यकता अनुसार स्थानीय विदा दिन सक्ने व्यवस्था अनुसार मोहम्मद डेका अवसरमा भोलि नरैनापुर गाउँपालिकामा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताउनुभयो ।

गाउँपालिकाले गत बर्ष पनि सार्वजनिक विदा दिएको थियो । नरैनापुर मुस्लिम समुदायको बाक्लो बसोबास रहेको क्षेत्र हो ।

भर्खरै

सम्बन्धित खबर

Language »