सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्कोद्धारा युवा अभियन्तालाई बाल संरक्षण तालिम प्रदान

नेपालगञ्ज, बाँके युनेस्को क्लबले बाल संरक्षण गर्ने उदेश्यले युवा अभियन्ताहरुका लागि नेपालगञ्जमा बाल संरक्षण सम्बन्धि तालिमको आयोजना गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा क्लबद्धारा बाँकेमा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत जिल्लाको नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका २० जना युवा अभियन्ताका लागि सो तालिमको आयोजना गरेको हो ।

बाल संरक्षण अभियानलाई सफल बनाउनका लागि सहयोग गरिरहेका युवा अभियन्तालाई सो सम्बन्धि तालिम दिएर अभियानलाई झन प्रभावकारी बनाउने लक्ष्य रहेको क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँले सोही उदेश्यले बाल अधिकारदेखि लिएर बालबालिकामाथि हुने विभिन्न प्रकारका शोषण र दुव्र्यवहारका बारेमा अभियन्ताहरुलाई तालिम मार्फत जानकारी दिईरहेको बताउनुभयो ।

सो तालिमका प्रशिक्षक आशिष बर्माले तालिममा बालअधिकारको दृष्टिकोण, मानवबेचविखन तथा ओसारपसारको जोखिम, बालबालिकामाथि हुने दुव्र्यवहार र जोखिम तथा युवा अभियानकर्मीले खेल्नु पर्ने भूमिकाका बारेमा विस्तृत रुपमा जानकारी गराइने बताउनुभयो ।

उहाँले यो तालिमबाट बाल संरक्षण अभियानमा ठुलो टेवा पुग्ने समेत जानकारी गराउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »