सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्को क्लबले बाँकेमा सात वटा सार्वजनिक शौचालय निर्माण गर्दै


नेपालगन्ज, बाँके युनेस्को क्लबले जिल्लाका पाँचवटा पालिकाको सात वटा स्थानमा कतार च्यारेटी नेपालको आर्थिक सहयोगमा सातवटा सार्वजनिक शौचालय निर्माण गर्न शुरु गरेको छ ।


सर्वसाधारणको बढी उपस्थिति हुने र आवागमन हुने ठाउँमा शौचालय नहुँदा समस्या हुने गरेको हुँदा जिल्लाका सात वटा स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न शुरु गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।


उहाँले बाँकेको कोहलपुर नगरपालिकाको कोहलपुर चौराहा र मदन चोकमा, नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ कोहला र वडा नम्बर २ मियापुरमा तथा खजुराको कृषि हाटबजारमा, राप्तीसोनारीको शमसेरगन्जस्थित सर्पदन्स अस्पतालको छेउमा र बैजनाथ गाउँपालिकाको गाभरस्थित लायन्स पार्कमा सर्वसाधारणका लागि शौचालय निर्माण गरिने बताउनुभयो ।


ती शौचालय निर्माण गर्दा आवश्यकता हेरेर नगरपालिका र गाउँपालिकाले सिफारिस गरेको हुँदा सोही स्थानमा निर्माण गर्न लागिएको पनि क्लबले जनाएको छ ।
सो क्रममा विहिबार नरैनापुर गाउँपालिका वडा नम्बर ६ कोहलामा निर्माण गरिने शौचालयको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले एक समारोहविच सिलन्यास गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले कतार च्यारेटी र बाँके युनेस्को क्लबले नरैनापुरको विकासमा निरन्तर सहयोग र हातेमालो गर्दै आएकोमा आभार व्यक्त गर्नुभयो ।
यस्तै क्लबका संरक्षक सिद्दिकीले सार्वजनिक शौचालयको जगेर्ना तथा सरसफाईदेखि हेरचाह गर्ने जिम्मेवारी समुदायको भएको हुँदा सो कार्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
सो अवसरमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधर लगायत स्थानीय वासिन्दाको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।


काम विशेषले आवागमन गर्नेहरुको सुविधाका लागि निर्माण गरिने ती शौचालयमा धारा, पानी तान्ने मोटर र पानी ट्ंयाकीको पनि व्यवस्था गरिएको कतार च्यारेटी नेपालका इन्जिनियर आमिर फैजलले बताउनुभयो ।


कतार च्यारेटीले विपन्न, असहाय र गरिबका लागि तथा कोभिड १९ विरुद्ध पनि बाँकेमा विभिन्न प्रकारका सहयोग कार्यक्रमहरु गत केही समयदेखि सञ्चालन गर्दै आएको कतार च्यारेटी नेपालका प्रोगाम म्यानेजर इर्शाद शेषले बताउनुभयो ।


शौचालयको निर्माणमा प्रति शौचालय ६ लाख १२ हजार रुपियाँ खर्च हुने क्लबले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »