सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रातो सुर्यले रङ्गिएको चितवन र सामाजिक संजाल

काठमाडौँ । नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्रमा चितवर सामाजिक संजालमा रातो सुर्यले रङ्गिएको छ भने चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा भीड लागेको छ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झन्डा, पार्टीको चिह्न तथा चुनाव चिह्न अंकित तीनवटा झन्डाहरू सँगै झन्डोत्तोलन गरेर उद्घाटन गरेका छन् ।उनले झन्डोत्तोलन गरे लगत्तै महाधिवेशनको मस्कटको पनि औपचारिक अनावरण गरेका थिए । मस्कट अनावरण गरेपछि ओलीले मञ्चको अघिल्तिर बसेका कार्यकर्ताहरुबाट अभिवादन समेत ग्रहण गरेका थिए यसैगरी पार्टीको आधिकारीक ३ मिनेटको म्यूजिक भिडियो र ८ मिनेटको वृत्तचि सार्वजनिक गरेको थियो ।

उद्धघाटन कार्यक्रममा भारतलगायत विभिन्न छिमेकी मुलुकबाट समेत प्रतिनिधिको सहभागिता रहेको छ । यस्तै, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबाहदुर देउवा लगायत अन्य पार्टीका नेताहरुको समेत सहभागिता रहेको थियो ।

प्रधानमन्त्री शेर बहादुर देउवा लगाएत उपस्थित अतिथिहरुले महाधिवेशन सफलताको शुभकामन दिएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय समझदारीका साथ नयाँ नेतृत्व चयन हुने बताएका छन्। चितवनमा आयोजित दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने बताए।

ुसकेसम्म सहमतिकै आधारमा नेतृत्व चयन हुन्छ। त्यसो नभए लोकतान्त्रिक अभ्यासमार्फत् नेतृत्व चयन हुन्छ, उनले भने, पर्सी बेलुकासम्म उच्चस्तरीय समझदारीका साथ महाधिवेशन सम्पन्न गर्नेछौं।

उनले उद्घाटन सत्रमा उत्साहपूर्ण सहभागिताका लागि सबैलाई धन्यवाद दिए। उनले एमाले देश बनाउने पार्टी भएको र राष्ट्र निर्माणको अभिभारा बोकेको बताए।

उनले १३ गते पत्रकार सम्मेलन गरेर सफलताको विज्ञप्ति सुनाउने वाचा गरे। ु१३ गते पत्रकार सम्मेलनमार्फत् सफलताको विज्ञप्ति सुनाउने छौं। आपसमा सानातिना कुरामा नअल्झिऔं,ु उनले भने।

उनले आफ्नै नेतृत्वमा तुइन युगको अन्त्य गरेको स्मरण गराउँदै अब सुरुङ युगको सुरुवात भएको बताए। उनले विज्ञान प्रविधिको विकास गरेर आधुनिक नेपाल निर्माणतर्फ अग्रसर भएको बताए।

नारायणी नदी किनारमा एमालेको महाधिवेशन उद्घाटन सत्र सकेर फर्किन सर्वसाधारणलाई सकस परेको छ । कार्यक्रम सकिनै लाग्दा महाधिवेशनमा सहभागि नेता कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड् बढ्नुको साथै पेलामपेल र ठेलमठेल भएको दृश्य देखिन्थ्यो ।

कार्यक्रम स्थलबाट बाहिरिने मानिसहरूको भिडका कारण पूर्व पश्चिम राजमार्गको नारायणी पुल, पुलचोक आसपास लगायतका स्थानमा सवारी जाम भएको थियो । भिडका कारण राजमार्गमा एम्बुलेन्ससमेत रोकिनु परेको थियो । कार्यक्रमका लागि विभिन्न जिल्लाबाट आएका सवारीसाधन रोकिएको स्थानसम्म पुग्न जाने क्रममा भिड बढेको हो ।

स्थानीय प्रशासनले महाधिवेशनलाई लक्षित गर्दै सहभागीहरू सवार गाडीहरूलाई निश्चित क्षेत्रमा पार्किङको व्यवस्था गरेको थियो । प्रशासनले पश्चिम क्षेत्रबाट आएका सवारीलाई गैडाकोटतर्फको नारायणी नदी किनारमा, पूर्वबाट आएका सवारीहरूलाई पारस बसपार्क क्षेत्रमा र काठमाडौँबाट आएकालाई आपटारी क्षेत्रमा पार्किङ अनुमति दिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »