सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रामेछापमा मास्क नलगाई हिडने १ सय २० जना प्रहरीको कारवाहीमा

काठमाडाैँ। रामेछाप जिल्लाभित्र मास्क नलगाई हिडने १ सय २० जना प्रहरीको कारवाहीमा परेका छन् । आज जिल्लाका बिभिन्न स्थानमा प्रहरीले १ सय २० जनालाई नियन्त्रणमा लिई १ सय रुपैया जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिए ।

संक्रमण रोग ऐन, २०२० अन्तर्गत प्रहरीले जिल्लाभित्र मास्क नलगाई हिडने व्यक्तिहरुमाथि धमाधम कारवाही थालेको हो । मास्क लगाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गर्दा समेत जनस्तरबाट अवज्ञा गर्ने क्रम बढेपछि प्रहरीले सडकमा मास्क नलगाई हिडनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने काम अगाडि बढाएको छ । सरकारले अनिवार्य रुपमा मास्कको प्रयोग नगर्नेमाथि कारवाही गर्ने यस अघि नै जानकारी गराइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »