सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ल्याण्डफिलसाईट सञ्चालनको जिम्मा उप–महानगरपालिकामा


मुस्ताक​ अह​म​द​ ज​स​ग​ढ​

नेपालगञ्ज,नेपालगञ्जमा निर्माण गरिएको ल्याण्डफिलसाईट सञ्चालनको सम्पूर्ण जिम्मा नेपालगञ्ज उपमहानगरपालिकामा आएको छ ।

एशियाली विकास बैंकको सहयोगमा निर्माण सम्पन्न भएको ल्याण्डफिलसाईट निर्माण भएपछि पनि सम्झौता अनुसार एडिबी आफैले सञ्चालन गरेको थियो । आईतबारदेखि सम्पूर्ण जिम्मेवारी उपमहानगरपालिकामा आएको छ ।
उपमहानगरपालिकाको आईतबार बसेको कार्यपालिका बैठकले ल्याण्डफिलसाईट सञ्चालनका लागि लागि कार्यविधि बनाउने निर्णय गरेको प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।


उपमहानगरपालिकाले यसअघि नै ल्याण्डफिलसाईट सञ्चालनका लागि नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, वडा नम्बर १८ का अध्यक्ष दिपक वर्मा, वडा नम्बर १३ का अध्यक्ष विरेन्द्र शाह, वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमाल, वडा नम्बर २३ का अध्यक्ष मो. हुसेन शेष, वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता र कार्यपालिका सदस्य देउमल सुनार रहेको ब्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा सरसफाई शाखा प्रमुख अशोक केसी रहनुभएको छ ।


बैठकले एशियाली विकास बैंकको सहयोगमा होटल सिग्नेटदेखि बागेश्वरी मन्दिर नजिक जोड्ने सडकमा स्ल्याब निर्माण गर्ने, ल्याण्डफिलसाईट जोड्ने सडक कालोपत्रे गर्ने र गुम्बादेखि वागेश्वरी सम्मको नालालाई पूर्णता दिने निर्णय गरेको छ ।
बैठकमा लकडाउन पूर्णरुपमा खुकुलो गर्नुपर्ने अथवा लकडाउन गर्नुपरेमा पूर्णरुपमा गर्नुपर्ने विषयमा छलफल भएको थियो । बैठक नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा भएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »