सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडा अध्यक्ष वर्मा कोरोना जितेर घर फिर्ता

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्मा कोरोना जितेर घर फिर्ता हुनुभएको छ ।

कोरोना पोजिटिभ भएपछि आईसोलेसनमा बस्नुभएका वर्मा बिहिवार घर फिर्ता हुनुभएको हो । उहाँलाई नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधीहरुले कोरोना जितेर घर फिर्ता भएकोमा बधाईज्ञापन गर्नुभयो ।

वर्माले आफुमा सामान्य लक्षण देखिएपछि पिसिआर परीक्षणमा पोजिटिभ देखिएको भन्दै हालपूर्णरुपमा निको भई घर फिर्ता भएको बताउनुभयो ।

वर्माले एकसाता घरमै आईसोलेशनमा बसेर पुनः जनताको सेवाका लागि सक्रिय भएर लाग्ने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »