सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर २ करोड १० लाख कोरोना संक्रमित, ७ लाख ५० हजारको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ लाख ७१ हजार ४ सय २१ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमितको संख्या २ करोड १० लाख ६८ हजार पुगेको छ

त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ५० हजार बढी पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर गरी थप ६ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।

संक्रमण देखिएकामध्ये १ करोड ३८ लाख ९५ हजार व्यक्ति संक्रमण मुक्त भएका छन् ।

हाल विश्वभर गरी ६४ लाख २० हजार सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ६४ हजार ६ सय ८८ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या ५४ लाख १४ हजार र मृत्यु हुनेको संख्या १ लाख ७० हजार
नाघेको छ ।

त्यसपछि ब्राजिलमा संत्रमितको संख्या ३२ लाख २९ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५ हजार नाघेको छ ।

कोरोना प्रभावित मुलुकमध्ये तेस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या २४ लाख ५९ हजार र मृतकको संख्या ४८ हजार १ सय पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »