सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वीरगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो ।

तर रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु भएको थियो । उनको रिपोर्ट शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »