सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शैक्षिक सुधार र शिक्षक दरबन्दी मिलान सम्बन्धी तेमाल गापा. काे निर्णय

काभ्रे । तेमाल गाउँपालिकाको असोज २७ गते बसेको बैठकबाट शैक्षिक सुधार र शिक्षक दरबन्दी मिलान सम्बन्धी छलफल भएको छ ।


उपाध्यक्ष दुर्गामाया तामाङको नेतृत्वमा असोज ०६ गतेदेखि असोज २१ गतेसम्म तेमाल गाउँपालिकामा रहेका ४१ वटा विद्यालयको अनुगमन भएको थियो । उक्त अनुगमनको क्रममा विद्यालयमा देखेका समस्या र समाधानको बारेमा असोज २७ गते बसेको बैठकले अन्तिम रुप दिनका लागि छलफल गरिएको वडा नं. ६ ठुलो पर्सेलका वडाध्यक्ष विकुलाल तामाङ मोक्तानले सारा खबरलाई जानकारी दिनुभयो ।

पालिका अध्यक्ष सलाम सिं तामाङले अनुगमनको क्रममा भेटिएको समस्याहरुको बारेमा उपाध्यक्ष दुर्गामाया तामाङबाट जानकारी लिएका थिए ।


तेमाल गाउँपालिकामा शिक्षक दरबन्दीको समस्या समाधान कसरी गर्ने भन्ने मूल समस्या देखिएको जानकारी गराउनु भयो। अध्यक्ष सलाम सिं तामाङले शिक्षा विभागका प्रमुखलाई कार्तिक १९ गतेको बैठकबाट समाधन गर्नका लागि निर्देशन दिएका छन् । यसैगरी शिक्षक व्यवस्थापन समितिले तयार पारेको रिर्पोट अनुसार कार्तिक २५ गते भित्रमा शिक्षक दरबन्दी मिलानको सम्पुर्ण विवरण तयार गरी २७ गतेको बैठकबाट सम्बन्धित निकायमा पठाउने निर्णय पनि गरेको छ ।

कोरोना भाइरसका कारणले बन्द रहेको सम्पूर्ण विद्यालयहरु असोज १ गतेबाट संचालन भएको थियो । दशैं, तिहार, छठको कारणले गर्दामा यही कार्तिक १ गतेबाट तेमाल गाउँपालिकामा रहेको ४१ वटा विद्यालयहरु कार्तिक १५ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेका छन् भने कार्तिक १६ गतेबाट सबै विद्यालयहरु पुनः संचालन गर्ने निर्णय गरेको वडाध्यक्ष विकुलाल तामाङ मोक्तानले जानकारी दिनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »