सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संविधान दिवसमा योग सचेतनासँगै परिक्रमा


नेपालगञ्ज,योग समिति नेपालले नागरिक सचेतना कार्यक्रमको तिव्रतासँगै व्यापक र प्रभावकारी पनि बनाउँदै लगेको छ ।

नेपालगञ्जका सार्वजनिक स्थानहरुमा नियमित योगसँगै नागरिकलाई सचेतना दिदै आएको योग समितिले संविधान दिवसका अवसरमा आज जिल्लाका स्थानीय तहको परिक्रमा गरेको छ ।


योग समितिका केन्द्रीय अध्यक्ष गिरिराज भट्टराईको संयोजकत्वमा विहान नेपालगञ्ज उपमहानगरपालिका वडा न २ देखि बाँके आरोग्य एवं स्वास्थ्य सचेत नागरिक योग विज्ञान कार्यक्रम गरिएको हो ।

राष्ट्रिय झण्डा, व्यानरसहित मोटरसाइकलमा निस्कीएको योग समिति पदाधिकारी, योग अभियन्ताको टोली धम्वोजीदेखि जानीक गाउ पालिका , खजुरा गाउँ पालिका , बैजनाथ गाउँ पालिका, कोहलपुर नगरपालिका , राप्ती सोनारी गाउँपालिका हुँदै पुन ः नेपालगन्ज उप महानगरपालिकाको पुस्पलालचोक-ट्रफिक चोक हुँदै त्रिभुवन चोक, न्युरोड हुँदै योग समिति नेपालको केन्द्रीय कार्यलय सेतु वि क चोकमा पुगि कार्यक्रमको समापन गरिएको थियो ।

योग समितिका अध्यक्ष एवं योग गुरु गिरिराज भट्टराईले योग सचेतनासँगै संस्थागत विकासका लागि पनि आवश्यक पहल गर्न सम्वद्ध सबैमा अपील गर्नु भयो ।

योग समितीका सल्लाहकार नन्दलाल वैश्य, राजन रानामगर, प्रहरी निरिक्षक अरुण सिंह, उपाध्यक्ष लोक माया सुवेदी, सचिव निर्मला शाह, कोषाध्यक्ष अम्बिका कोइराला, आजीवन सदस्य पुर्ण चन्द्र सुवेदी लगायतका अभियन्ताले कार्यक्रमको समापन गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »