सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारले ल्यायो “नागरिक एप”, अब डिजिटल माध्यमबाटै सरकरी सेवा लिन सकिने

विभिन्न सरकारी कामकाजका लागि घण्टौं लाइनमा बस्नुपर्ने झन्झटिलो अवस्थालाई मध्यनजर गर्दै हाल सरकारले आम सर्वसाधारणका लागि “नागरिक एप” सञ्चालनमा ल्याएको छ । अहिले मानिसहरुको व्यस्त जीवनशैली डिजिटल प्रविधितर्फ अग्रसर भइरहेको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आम सेवाग्राहीलाई डिजिटल माध्यम मार्फत छिटो छरितो र सहज ढंगले सेवा सुविधा प्रदान गर्न पत्रकार सम्मेलन गरी “नागरिक एप” सार्वजनिक गरे । सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार अब सेवाग्राहीले “नागरिक एप” को प्रयोग गरी अनलाइन मार्फत विभिन्न सरकारी सेवाहरु लिन सकिने बताउनुभयो ।

‘लाइन हैन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नारासहित सञ्चालनमा आएको यस एपमा प्यान कार्ड आवेदन र प्यान नम्बर प्राप्त, सरकारी करको विवरण तथा जानकारी, नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु अनि नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको समेत जानकारी पाउन सकिनेछ ।

एपमार्फत् हेलो सरकारमा गुनासो दर्ता पनि गर्न सकिने र सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिने छ । यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने, सार्वजनिक विदाको दिन पनि सेवा लिन सकिने मन्त्रालयले जनाएको छ ।

“नागरिक एप” प्ले स्टोर र आइओए दुवै प्रयोगकर्ताका लागि उपलब्ध छ । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिनेछ । सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफनो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने हुन्छ ।

हाल एपमा ९ वटा सेवा रहेको र अबको तीन महिनाभित्र सबै सरकारी सेवा यो एपमा उपलब्ध गराउने प्रक्रिया भैरहेको मन्त्रालयका सचिब हरिप्रसाद बस्यालले बताउनुभयो । यस “नागरिक एप” मा गृह मन्त्रालयसँगको दुई करोड १५ लाख नागरिकताको विवरण र त्यसैगरी निर्वाचन आयोगले संकलन गरेको एक करोड ५५ लाख बायोमेटि्रक र फोटोसहितको विवरण सञ्चित गरेर राखिएको छ । संघदेखि स्थानीय सरकारले उपलब्ध गराउने सार्वजनिक सेवालाई यही डिजिटल प्लेटर्फम मार्फत जोड्ने योजना रहेको र स्थानीय सरकारले दिने ६४ मध्ये ४० भन्दा बढी सेवा एपबाट पाउन सकिने मन्त्रालयले दावी गरिएको छ । आउँदो दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र लगायत अन्य सेवाहरू थप्ने र हाल परीक्षणको रूपमा रहेको यश “नागरिक एप” बाट सरकारी सेवाहरु पारदर्शी, भरपर्दो र सुरक्षित हुने सरकारको दावी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »