सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरसफाइ अभियन्ताहरु भन्छन् : समयानुकुल कार्यक्रमको मोडल परीवर्तन गर्न जरुरी छ ।

काठ्माण्डौ

नेपाल मा पछिल्लो समय बिकसित सामाजिक संस्कृती संग सुहाउदो खाल को सरसफाई अभियान चलाउन सके अब फोहर ब्यबस्थापन  को क्षेत्र मा छिट्टै आमुल परीवर्तन हुन सक्ने  अभियन्ता हरु ले बताएका छन्  । स्थानिय सरकार ,टोल सुधार समिति  को कार्य प्रगती  मुल्याङ्कन गर्दा त्यो ठाउँ को सरसफाई र स्वास्थ्य अवस्थालाई पहिलो आधार मान्नु पर्ने उनिहरु  को माग छ  ।डिजिटल माध्यम  बाट सरसफाई फोटो च्यालेन्ज गर्न पनि सकिने सुझाव पनि आएको छ  ।

बाग्मती सफाइ महाअभियान ले आज आफ्नो ४०१ औं हप्ता  को कार्यक्रममा जथाभावी फोहर गर्ने र बाटोमा निर्माण सामाग्री राखेर अबरोध गर्ने एम डी  मोटर साइकल मर्मत पसल रु  १०००, पुर्वेली मासु पसल रु  १०००  , एस के   मासु पसल रु १००० , महेन्द्र प्रसाद जयसवाल कवाडि पसल रु ५००, कृष्ण घिमिरे  रु १०००  गरी ४५०० आर्थिक जरीवाना समेत गरेको थियो  । कार्यक्रम मा  काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभाग टेकुका प्रमुख हरि कुमार श्रेष्ठ , नेपाल प्रहरी , सशस्त्र प्रहरीबल , विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु , एस ट्राभल्स , वाग्मती फोहर उन्मुलन उपभोक्ता मन्च , आलोकनगर समुदाय , अधिकार सम्पन्न वाग्मती समितीका कर्मचारीहरु , उपत्यका खानेपानी लिमिटेड र वाग्मती अभियेन्ताहरु  को सहभागीता रहेको  थियो ।

त्यस्तै बिष्णुमती सफाइ अभियान को ३३३ औँ हप्ता , तार्केस्वर सफाइ  को ४३औँ हप्ता  ,माथिल्लो भेगीय बिष्णुमती सफाइ  को  २०औँ हप्ता को अभियान पनि सरसफाइ र जन चेतनामुलक कार्यक्रम गरी संपन्न भएको  छ  ।

उपत्यका भित्र कै मनोहरा सफाइ अभियान को २००औं हप्ताको श्रृंखला ,रुद्रमती सफाइ अभियान ,हनुमन्ते सफाइ अभियान,तिल गंगा सफाइ अभियान  को २८२औ साताको सफाई  लगायत अन्य थुप्रै ठाउमा पनि सफाइ कार्यक्रम हरु संपन्न भएका छन् ।

गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको ९८ हप्ताको सरसफाइ र चक्रपथ सरसफाइ अभियान को १९८औँ हप्ताको कार्यक्रम पनि खोला नाला र सडक किनारा  को फोहर ब्यबस्थापन गर्दै संपन्न भएको  छ  ।

चक्रपथ सरसफाइ महाअभियानले काठ्माण्डौ  ३ र टोखा न पा को भुभागमा सरसफाई गरेको थियो । लोक बहादुर टण्डन को संयोजक्त्व मा संचालीत कार्यक्रम मा नियमित अभियन्ता तथा कलाकार तिलक बस्नेत को ब्यबस्थापन  रहेको  थियो  । हिमालयन वातावरण संरक्षण प्रालि को ब्यबसायीक कार्यक्षेत्र भित्र पर्ने यो भाग को सरसफाइ  मा प्रालि को तर्फ बाट अध्यक्ष भुपाल आचार्य सहित  को टीम सहभागी भएको  थियो  । कार्यक्रम मा अभियन्ता हरु लिला खनाल, माया कुवर ,लक्ष्मी श्रेष्ठ ,उषा सिंखडा ,सर्मिला पौडेल ,जिवन बडाल ,सुन्दर  खनाल,जीत बहादुर हमाल  , पुण्य रत्न बज्राचार्य  , लगायत  को उपस्थिति  रहेको थियो  ।

भर्खरै

सम्बन्धित खबर

Language »