सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चालिस जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकोमध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

यसअघि १० जना सशस्त्र प्रहरीमा नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

बाँकी सशस्त्र प्रहरीको स्वाब संकलनको तयारी भइरहेको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »