सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कर्जाको ब्याजदर १.१८ प्रतिशतले घटायो


बुटवल ,साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कर्जाको ब्याजदर न्यूनतम १.१८ प्रतिशतले घटाएको छ । साउन ६ गतेदेखि लागु हुने गरी सबै ग्राहकको लागि कर्जाको ब्याज दर घटाइएको बैंकले जनाएको छ ।

कोभिड–१९ को प्रभावमा परेका ग्राहकका लागि आर्थिक राहत होस भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले रु ८ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको छ ।

बैंकले चैत्र महिनाको ब्याज २०७६ चैत्र मसान्तमा भुक्तानी गरेका ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुरुप १० प्रतिशतका दरले रु ३५ लाख रुपैया छुट पनि गरेको छ ।

कोभिड–१९ वाट प्रभावित भएको अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलता विकास गर्ने उद्देश्यले साना तथा मझौला उद्योग व्यवसाय कर्जा, कृषि कर्जा तथा व्यत्तिगत घर कर्जा बार्षिक ९५० प्रतिशतमा प्रवाह गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

यस्तै अन्य कर्जाहरुमा पनि अत्यन्त प्रतिस्पर्धी ब्याजदर कायम गरी अर्थतन्त्रमा चलायमान बनाउने बैकको दाबी छ ।

बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको हाल जारी तथा चुक्ता पूँजी ३ अर्ब १ करोड रहेको छ ।

बैंकका प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ६९ वटा शाखा कार्यालय १ वटा एक्सटेन्सन कार्यालय रहेका छन्। (खबरकुराबाट)

भर्खरै

सम्बन्धित खबर

Language »