सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी

काठमाडौं, साउन १८ । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।

विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।

पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतको परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर लाखौं सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा बसेका छन् ।

गत वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो ।

विभागले पछिल्लोपटक अनलाइन आवेदन पनि बन्द गरेको छ । विभागका अनुसार ट्रायल खुल्ने टुंगो लागेपछि पुनः अनलाइन आवेदन खुलाउने तयारी गरिएको छ ।

यसअघि, विभागले कोटा प्रणाली गरेकोमा अब कोटा प्रणाली तोक्ने कि नतोक्ने भन्ने विषयको टुंगो लाग्न बाँकी छ । यसअघि कार्यालयलाई विभागले कोटा तोकिदिने गरे पनि अब भने कोटा नतोक्ने र कार्यालयले जति सक्छन् सोहीअनुसार गराउने तयारीमा विभाग छ । तर, २४ गतेको छलफलपछि कार्यालयको सुझावका आधारमा यसको अन्तिम टुंगो लगाइने भएको छ ।

विभागले ट्रायल परीक्षा खुलाएसँगै नयाँ व्यवस्था लागू गर्ने तयारी समेत गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »