सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामुदायिक होमस्टेका आवास घरहरुमा ए.सी. जडान गरिएपनि थ्रिफेज लाइन नहुँदा सञ्चालनमा आउन सकेन

डिल कुमारि नेपाल चितवन ।

माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेका आवास घरहरुमा ए.सी. जडान गरिएपनि थ्रिफेज लाइन नहुँदा सञ्चालनमा आउन सकेका छैनन् ।

माडी होमस्टेमा रहेका १३ वटा घरका कुल २७ वटा कोठाहरुका लागि २७ वटै तथा सभाहल घरका लागि थप ४ वटा ए.सी. जडान पुरा भइसक्दा पनि थ्रिफेज बिधुत लाइन नपुग्दा सञ्चालनमा आउन सकेकाे छैन ।

हाल माडी-८, खरकट्टामा १०० के.भि.ए. क्षमताको ट्रान्सफर्मर रहेपनि त्यसले वरपरका गाउँहरुमा विजुली प्रवाह गरिरहेकाले एकैसाथ धेरैवटा ए.सी. चलाउन नसक्ने नेपाल बिधुत प्राधिकरणको माडी शाखाले बताएका छन् । होमस्टेका सबै ए.सी.हरु चलाउन छुट्टै ट्रान्सफर्मर राख्नुपर्ने भन्दै प्रशासन शाखाले निजी फर्म वा उद्योगहरुले ‘डेडिकेटेड ट्रान्सफर्मर’ राख्न आफैले लगानी गर्नुपर्ने जनाएका छन्।


यसअघि, घरजग्गा व्यवसायी राज के.सी. र हाँस्य कलाकारहरु किरण के.सी. तथा सुरेन्द्र के.सी.को ‘ट्वन्टीवान ग्रुप प्रपर्टी डिलर्स’ले गतबर्ष चैतमा होमस्टेका कोठाहरुका लागि २७ वटा ए.सी. सहयोगस्वरुप दिएका थिए।

त्यस्तै, वागमती प्रदेश सरकारले सभाहलका लागि ४ वटा ए.सी. जडान गरिदिएको थियाे । सहयोग स्वरुप ए.सी. जडान भई वाइरिङको काम सकिएपनि बिजुली जडानमै खर्च लाग्ने भएसंगै होमस्टे व्यवस्थापनले आर्थिक श्रोतको खोजी गरिरहेको होमस्टेका अध्यक्ष मोहन बहादुर पुन मगरको भनाई रहेकाे छ।

भर्खरै

सम्बन्धित खबर

Language »