सिन्धुपाल्चोक /असार २५
सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाउँदा दर्जनभन्दा धेरै मनिस बाढीमा परि वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे हाे।
बाह्रबिसेको गाती बजार बगाएको छ। गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको छ। बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनु भयो।
त्यहाँको इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको छ, घर बगाएको ठाउँ इलाका प्रहरी कार्यालयबाट चार किलोमिटर टाढा रहेको छ। बाढीले डेढ दर्जन घरहरु र १५ जनाभन्दा धेरै बगाएको आशंका गरिएको छ। केहीको शव समेत फेला परेको र ड्याम साइटवाट माथि जान सक्ने अवस्था नरहेको जानकारी आएको छ।
अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरवाट सिन्धुपाल्चोक जाने तयारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो