सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोक जिल्ला बाह्राविसे ७ मा पहिराे,१६ जना बेपता,

अस्मिता वाइवा,

काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला बाह्राविसे नगरपालिका वडा नं. ७ मा पहिरो गएर १६ जना बेपता भएको र १ जनाको लाश भेटेको समाचार प्राप्त भएको छ ।

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् ।

‘पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी आज बिहान ४ बजे आउनासाथ हामी गाडीमार्फत् त्यता हिँड्यौं,’ सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।

उनका अनुसार मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।

गएरातिको वर्षाका कारण पहिरो जाँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजे, भीरखर्कलगायतका स्थानमा पहिरो जाँदा १६ जना बेपत्ता भएका र एक जनाको शव फेला परेको स्थानीयले बताएका छन् भने १८ घर पुरिएकाे स्राेतले जानकारी दिएकाे छ ।

संविधान सभा सदस्य तथा सिन्धुपाल्चोक नेकपाको जिल्ला सचिव धावा लामा पनि पहिरो पीडितहरुको उद्घाराका लागि जान तयारीमा छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »