सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुरक्षा भत्ता कटौती नगर्न सरकारको ध्यानाकर्षण


नेपालगञ्ज, अपाङगता भएका व्यक्ति र एकल महिलालाई प्रदान गरिदै आइएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

६० वर्षमुनिका एकल महिला र ‘ख’ वर्गका अपाङगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ताबाट वञ्चित गर्न खोजिएपछि चौतर्फी विरोधसँगै सो भत्ता कटौती नगर्न अपील गरिएको हो ।
द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल बाँके र राष्ट्रिय अपाङ्ग महासंघ बाँकेले आज प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कामार्फत सरकारको ध्यानाकर्षण गरेको हो ।

द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल बाँके अध्यक्ष जयन्ती खत्री र राष्ट्रिय अपाङग महासंघ बाँके अध्यक्ष गोकर्ण प्रसाद आचार्यद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सामाजिक सुरक्ष ऐन २०७५ सच्याउन र पाई आएको भत्ता निरन्तरता दिन माग गरिएको छ ।

हालै गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ व्यवस्थाअनुसार मात्रै सामाजिक सुरक्षा भत्ता वितरण नगर्न स्थानीय तहलाई पत्राचार गरेको थियो ।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यवधिअनुसार ६० वर्षमुनिका एकल महिलाले मासिक दुई हजार र ख वर्गका अपाङगता भएका व्यक्तिले मासिक सो¥ह सय रुपैयाँ भत्ता पाउँदै आएका थिए ।
कोरोना(कोभिड १९० संक्रमणको कष्टपूर्ण अवस्थाबाट गुज्रीरहेका एकल महिला र अपाङगता भएकालाई राहत दिनुको साटो थप पीडा हुने गरि ल्याइएको भत्ता कटौती नगर्न ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।

द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल संस्थापक अध्यक्ष शोभा बीसी, डेक नेपाल लगायतका संस्थाका प्रतिनीधी समेतको सहभागिता थियो । यसैबीच नेपालगञ्ज उप महानगरपालिकालाई पनि ध्यानाकर्षण पत्र बुझाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »