सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानिय जनप्रतिनिधि बिच कुरा नमिल्दा गाउँपालिकामा ताला

सिन्धुपल्चोक ,बलेफि ।बलेफि गाउँपालिका वडा नं २ को  वडाकार्यलय भवन निर्माण गर्ने बिषयमा गाउँपालिका र वडा समिति बिच कुरा नमिल्दा २नंवडाका वडा अध्यक्ष छविलाल न्यौपाने सहित स्थानीय अगुवाको समुहले कालो झण्डा देखाउँदै गाउँपालिकाको कार्यलयमा तालाबन्दि गरेको छ 

वडाध्यक्ष न्यौपानेको अगुवाइमा वडासदस्य तिलक कार्की, कुश थापा, बलेफी गापा कार्यापालिका सदस्य शरद विकसहित स्थानीय अगुवा कृष्ण थापा, नेविसंघका नेता निरोज भण्डारीसहित दुई दर्जन स्थानीय हरुले गाउँपालिका भवनमा अध्यक्ष, उपाध्यक्ष, प्रशासकिय अधिकृत कोही उपस्थित नभएकै अवस्थामा कालो झण्डा प्रदर्शन गर्दै कालो पट्टी निधारमा बाधेर गाउँपालिकाको भित्ता र अध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष कमला कायस्थको कार्यकक्ष सामु प्रेस विज्ञप्ती टाँसे र ताला लगाएका हुन् ।

’वडाध्यक्ष न्यौपानले भावुक हुँदै भने “६ महिनासम्म कुरेकै हो, गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित कार्यकारीको सल्लाहमा हिडेकै हो, तर उहाँहरुले राजनीतिक पूर्वाग्रह राख्नुभयो, हामीलाई वडा कार्यालय बनाउन दिनुभएन्, फलस्वरुप हामी गाउँपालिकामा ताला लगाउन बाध्य भयौ ।“

वडाध्यक्ष न्यौपानेकाअनुसार बलेफी गापा २ को वडा कार्यालय बन्न लागेको स्थान फुल्पिङकट्टीकै भोर्लाडाँडामा ३ रोपनीमा वडा २ ले २० लाख बजेट राखेको छ, भने त्यसमा प्रदेश र संघको २५ लाख बजेट रहेको उनले सुनाए ।

गाउँपालिकाकै सल्लाहमा नेपालको संविधान र स्थानीय सरकार संञ्चालन ऐन २०७४ को दफा १२ (२) को देहाय (क) को २ व्यवस्थाअनुरुप वडाकार्य समिति बनाएको उनले उल्लेख गरे ।

‘तर जब हप्तादिनअघि म अन्य जनप्रतिनिधिसहित वडा कार्यालयको भवन निर्माण बजेटबारे सल्लाह गर्न गाउँपालिका आए, अध्यक्ष,उपाध्यक्ष अनि प्रशासकिय अधिकृतले अर्को समिति बनाइसकेको भन्नुभयो, समिति कसरी बन्यो भन्दा, उहाँहरुसँग उत्तर थिएन्,’उनले भने ।

६ महिनाम्म गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अन्यसँग बसेर वडा कार्यालय बनाउनेबारे छलफल गर्दा आफ्नै समितिलाई मात्रै अघि बढाउने कुरा आएपछि दिक्क भएको वडाध्यक्ष न्यौपानेको कथन छ ।

गाउँपालिका अध्यक्ष क्षेत्रीले नियमबमोजिम ठेक्का आह्वान गरेर वडा कार्यालय बनाउन र स्थानीय सरकार संञ्चालन ऐनअनुरुप वडा कार्य समितिसँग समन्वय गर्न अनुरोध गर्दा केही नमानेको स्थानीय अगुवा कृष्णबहादुर थापाले आरोप लगाए ।

गाउँपालिका अध्यक्षकै निर्देशनमा उपाध्याक्ष कमला कायस्थ श्रेष्ठले आफ्ना कार्यकर्ताहरुलाई बोलाएर घरमै वडा कार्यालय भवन निर्माण समिति गठन गरेको थापाले प्रष्ट्याए ।

‘ नियमबमोजिम टेण्डर गर्नुस भन्दापनि मान्नुहुन्न,समय घर्काएर आफ्नै कार्यकर्तालाई काम गर्न दिई भ्रष्टचार गर्ने उहाँमा नियत देखिन्छ, वडाध्यक्ष, सदस्य या स्थानीय अगुवा कसैको कुरा नै सुन्नु हुन्न के गर्ने त ?,’उनले प्रश्न गरे ।

उनले गाउँपालिका अध्यक्षले आफ्नो मनमौजी दलगत निर्णय तत्कालै नसच्याए निरन्तर आन्दोलन र धर्नामा उत्रिने योजना बनाएको उनले प्रष्ट्याए ।

बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले भने यसबारे आधिकारिक समिति गाउँपालिका उपाध्यक्षको अगुवाइमा बनेको नै हुने बताए ।

‘एउटा वडा कार्यालय बनाउन उपाध्यक्ष र वडाध्यक्षको गरी दुई वटा समिति बनेको छ, यसबारे छलफल हुन थालेको दुई वर्ष भयो,’उनले भने ।

दुवै पक्षलाई डाकेर कानुनी निवेदनमा विकल्प खोजेको र सल्लाहनुरुप दुवै पक्ष मिलेर जान सल्लाह दिएको उनले जनाए । दुई वर्ष छलफल भएपछि आहिले उपभोक्ता समिति बनाएर वडा कार्यालय बनाउने तरखरमा पुगेको उनको भनाइ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »