सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अस्तब्यस्त सडक र काठमाण्डौ को निषेधाज्ञा

काठमाडौं । सरकारले कोरोना संक्रमणलाई रोक्ने उपाय भन्दै उपत्यकामा  निषेधाज्ञा  जारी गर्ने घोषणा गरेपछि उपत्यकाबाट गाउँ फर्कनेहरुको संख्या ह्वात्तै बढ्यो । निषेधाज्ञा को पुर्व सन्ध्या सम्ममा धेरै मानिसहरु ले उपत्यका छोडेका  छन्।

उपत्यकाबाट मानिसहरु गाउँतिर  लागेसँगै गाउँमा  भने त्रास उत्पन्न  हुन  थालेको छ ।

निषेधाज्ञा घोषणा भए संगै खाध्य सामग्री को  भाउमा  समेत केहि बृद्धिभएको र  यो अस्वभाबिक भएको उपभोक्ता हरुको गुनासो रहेको  छ  ।

भौतिक दुरी ,माक्स ,स्यानिटाईजर लगाएतका संक्रमण रोक्ने उपायहरुको  कहिँपनि  पालना नभएको जानकारहरु  बताउछन्।

मानिसहरु  उपत्यका बाट बाहिरिने क्रम  संगै काठमाण्डौ मादेखिएको सडक जाम र  भिडभाड अनि यात्रुहरुको सास्ती हेर्दा यो ठाउँमा राज्यको  उपस्थिति सुन्य जस्तै देखिएको काठमाण्डौ बाट बाहिरीदै गरेका  एक  सर्वसाधरणले गुनासो गरे  ।

हिजो  र  आज  करिव करिव दिन  भर जस्तै काठमाण्डौको सडक अस्तब्यस्तनै रह्यो । आज  को सडक जाम  त्रीपुरेस्वर देखि नागढुंगा सम्म नयाँबसपार्क  देखि कलंकि सम्म  देखिएको  थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »