सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य तथा फोहर ब्यवस्थापनसम्बन्धी अभिमुखिकरण सम्पन्न

प्रहलाद विश्वकर्मा

नेपालगञ्ज ,नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा नेपालगञ्ज नगरपालिकासँगको सहकार्यमा जर्मन दुतावाससँगको साझेदारीमा संचालन भैरहेको कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत नेपालगञ्ज नगरपालिकाले संचालन गरिरहेको क्वारेन्टाईन तथा नगरपालिका क्षेत्रभित्र संचालन भैरहेका आइसोलेसन केन्द्रहरुको ब्यवस्थापनमा संलग्न पदाधिकारी तथा कर्मचारीहरु एवं सरसफाईकर्मीहरुको लागि एक दिने स्वास्थ्य तथा फोहर ब्यवस्थापन सम्बन्धी अभिमुखिकरण आयोजना गरिएको छ ।

आज सम्पन्न अभिमुखिकरणमा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख तथा उमा थापामगरले नेपाल रेडक्रस सोसाइटीले विगतमा पनि उपमहानगरपालिकासँग सहकार्य गरेर समुदायस्तरमा फोहर ब्यवस्थापन सम्बन्धी कार्यक्रमहरु संचालन गरेको र अहिले कोभिड १९ महामारीको अवस्थामा पनि यसको रोकथाम र नियन्त्रणमा उपमहानगरपालिकाले गरिरहेको पहलमा सहकार्य गरेकोमा धन्यवाद दिनु भयो ।

साथै विशेष गरेर क्वारेन्टाईन र आईसोलेसन केन्द्रहरुको ब्यवस्थापनमा खटिनु भएका स्वास्थ्य र सरसफाईकर्मीहरु अग्रपंतीमा रहेर काम गरिरहनु भएको र उहाँहरुले आप्mनो सुरक्षा गरेमा मात्र परिवार र समुदाय सुरक्षित रहनसक्ने भएकोले आप्mनो सुरक्षाको सुनिश्चित गरेर सेवा प्रवाह गर्नुहुन अनुरोध गर्नु भयो ।

साथै उपप्रमुख मगरले नेपाल रेडक्रस मार्पmत जीआईजेडको सहजीकरणमा जर्मन दुतावासले यस्तो महामारीको अवस्थामा नेपालगञ्जवासीलाई सम्झेर सहयोग गर्ने उत्साह देखाउनु भएकोमा पनि धन्यवाद दिनु भयो ।

कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोबर्धनसिंह सम्झनाले नगरपालिकाले कोभिड १९ रोकथाम र नियन्त्रणमा गरिरहेको पहल स्रहनीय रहेको तथा नेपालगञ्ज क्षेत्र नेपाल भारतको मुल नाकामा अवस्थित भएकोले पनि नगरपालिकाले ठुलो जोखिम मोलेर आप्mना प्रतिकार्यका गतिबिधिहरु गरिरहेकोमा धन्यवाद दिनु भयो ।

साथै नेपाल रेडक्रस सोसाइटी बाँकेले गरेको यो सहकार्य उपमहानगरपालिकाले गरिरहेको पहलमा सानो सहभागिता रहेको जनाउनु भयो । उक्त कार्यक्रममा अभिमुखिकरणको उद्देश्यका साथै यो समग्र कार्यक्रमको बारेमा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले सहजीकरण गर्नु भएको थियो ।

उक्त अभिमुखिकरणको सहजीकरण नेपालगञ्ज उपमहानगरपालिका वातावरण शाखाका प्रमुख प्रकाश डिसी र स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत गणेश कार्कीले गर्नु भएको थियो । कार्यक्रममा उपमहानगरपालिका कार्यपालिका सदस्य देउमल सुनार, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, नेरेसो उपशाखा सदरलाईका सभापति एवं नेपागञ्ज उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिका सदस्य ओमप्रकाश आजादलगायतको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »