सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकद्वारा राजीनामा

काठमाडौँ / १८ असार
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिनुभएको छ। उहाले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राजीनामा पत्र बुझाउनु भएको हो । राजीनामा पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री, राज्यमन्त्री लगायतलाई बोदार्थ दिइएको छ ।

खुल्ला प्रतिस्पर्धा मार्फत छनौट भएका पोखरेललाई लोक सेवा आयोगको सिफासिमा मन्त्रिपरिषद्ले १८ महिना अघि नियुक्त गरेको थियो । उहाको कार्यअवधी चार वर्षको थियो ।

तर पछिल्लो समय स्वास्थ्य मन्त्रालयले उहा सहित बिमा बोर्डका सबै पदाधिकारीहरुलाई जिम्मेवारीपूर्वक काम गर्न नसकेको भन्दै स्पष्टीकरण सोधेको थियो ।
पोखरेल स्वास्थ्य बिमा बोर्डमा २०७५ मंसिर २३ मा नियुक्त हुनुभएको थियो ।

सरकारको महत्वकांक्षी योजनामा स्वास्थ्यबिमा कार्यक्रम परेको छ । चालु आर्थिक वर्षका लागि यो कार्यक्रमका लागि करिब ७ अर्ब रकम विनियोजन गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »