सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१०७ वर्षपछि पृथ्वीमा अहिलेसम्मकै धेरै तापक्रम

काठमाडौं। पृथ्वीमा एक सय ७ वर्षपछि अहिलेसम्मकै धेरै तापक्रम मापन भएको छ ।

हिजो अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली नेशनल पार्कमा १ सय ३० डिग्री फरेनहाइट अथवा ५४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवाले सो तापक्रम प्रमाणित गरेको हो । अमेरिकाको पश्चिमी तटमा रहेको यो क्षेत्रमा अझै तापक्रम अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

यसअघि सन् १९१३ मा यही ठाउँमा एक सय ३४ डिग्री फरेनहाइट अथवा ५६ दशमलव ६ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो ।

यस्तै ट्युनिसियामा सन् १९३१ मा १ सय ३१ डिग्री फरेनहाइट तथा ५५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »