सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चितवनमा एउटै गणका ४२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

चितवन। चितवनमा एउटै गणका ४२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

चितवनको राप्ती नगरपालिका-६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीमा कार्यरत ४२ जना सशस्त्र प्रहरीसहित ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा २ महिलासहित ४२ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कुल ६० जनाको परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित सशस्त्र प्रहरीमध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण देखिएको छैन।

यसअघि त्यही गणमा कार्यरत ८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना त्यही गणमा छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »