सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा २४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा २४६ जना संक्रमित थपिएका हुन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १११ जनाले कोरोना जितेका छन्।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ६०३ पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १०,९३४ जना रहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »