सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन् । कम परीक्षणभएसँगै संक्रमितकाे संख्या कम भएकाे हाे ।

यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।

देशभर ४० हजार ६८१ सक्रिय संक्रमित छन् । ३२ हजार ४६४ होम आइसोलेसनमा छन् भने २८१ जनाको आईसीयू र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २५२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २२५ जना, ललितपुरका २३ र भक्तपुरका ४ जना छन् ।

रुपन्देहीका ७९, नवलपुर र दाङका ५५/५५ जना, सुनसरीका २८, बाँकेका १४, धनुषा र काभ्रेका ११/११, नवलपरासीका ७, म्याग्दी र बाग्लुङका ५/५ जना, मोरङ र कपिलवस्तुका ४/४ जना, धादिङ र गुल्मीका ३/३ जना तथा रौतहट, रामेछाप, सिन्धुपाल्चोक, स्याङ्जा, अर्घाखाँची र बर्दियाका २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै उदयपुर, पाँचथर, भोजपुर, बारा, सिराहा, चितवन, दोलखा, नुवाकोट, गोरखा र प्युठानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »