सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्सामा सुरक्षाकर्मी र पत्रकारसहित ७३ जनामा कोराना

वीरगञ्ज। वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा गएराति उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारपनि रहेका छन् ।

संक्रमित ७३ जनामध्ये ६१ जना पुरुष र १२ जना महिला रहेको नारायणी अस्पतालले जनाएकाे छ।

जसमा १० बर्षीया किशोरीदेखि ६७ बर्षीय बृद्ध पनि रहेकी छन् ।

एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङका क्रममा साउन ८ गते देखि १७ गतेसम्म स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको रिपोर्टबाट कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमिण पुष्टि भएकाहरुमा बाराका पनि ५ जना रहेका छन् । त्यस्तैगरी अन्य सबै पर्सा जिल्लाका रहेका छन् ।

वीरगञ्जका १ नेपाली सेना, २ नेपाल प्रहरी १ पत्रकार र एक भारतीय नागरिक पनि रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »