सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गाईजात्राको मौका छोपी बालाजुमा सडक विस्तार, सामाजिक अभियन्ताहरु पक्राउ

गाईजात्राको मौका छोपी अनाधिकृत एवं गैरन्यायिक तबरले विवादित घरहरु भत्काउन नपाइने भन्दै विरोधमा उत्रिएका सुमन सायमी लगयतका सामाजिक अभियन्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।


विगत ७ वर्षदेखि विवादको कारण रोकिएको बालाजु बाइपास सडकखण्डको केही भाग गाईजात्राको दिन पारेर प्रहरीको रहोबरमा भत्काइएको छ।

पुनरावेदन अदालतकाे स्टे अडरकाे कारणले राेकिएकाे साे सडक विस्तार सर्वोच्च अदालकाे अर्काे फैसला आई नसकेको अवस्थामा प्रहरीको बल प्रयोग गरि बाँकी घरहरु भत्काइएका कारण स्थानीयवासीहरु आक्रोसित छन्।

गैरन्यायिक सडक बिस्तारको क्रममा उपत्यका सरोकार मञ्चका अध्यक्ष सुमन सायमी, सचिब रबिन्द्र कुमार श्रेष्ठ, सदस्यहरु प्रा. डा. भगवान दास मानन्धर, महेश्वर मानन्धर, मीन बहादुर शाही,मनोज श्रेष्ठ, भिमदेव श्रेष्ठ, रुक्क्षित श्रेष्ठ लगायतलाई पक्राउ गरि महानगरीय प्रहरी बृत बालाजुमा राखिएको छ।

थप जानकारी आउन बाँकी ।

https://www.facebook.com/SaraKhabarNepal/videos/335084661215580/
https://www.facebook.com/watch/?v=297906987961772

भर्खरै

सम्बन्धित खबर

Language »