सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुलुकभर लकडाउन नहुने, लामो दूरीको बस सेवा र हवाई उडान भदौ १ देखि नखुल्ने

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताएका छन् ।

विहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मलेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताएका हुन्।

मन्त्री खतिवडाका अनुसार कोरोना भाइरसको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने छन।

त्यस्तै, संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेका कारण तत्काल सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नआइसकेको पनि प्रष्ट पारे।

उनले भदौ १ गतेदेखि खुल्ने भनिएको लामो दूरीको सवारी साधन र आन्तरिक तथा बाह्य उडानबारे पुनः समीक्षा गरिने पनि जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »