सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा १०६ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो।

पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार माथि पुगेको छ।

प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ ।

त्यस्तै कोरोनाबाट ७० जनाको मृत्यु भइसकेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »