सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजको मौसम : धेरैजसो ठाउँमा हल्का देखि मध्यम वर्षा

काठमाडौं। मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी न्युनचापीय रेखा हाल दक्षिण पश्‍चिम भेगमा नेपाल नजिक भएकाले देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ।

सबै प्रदेशहरुका थोरै-थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको छ।

महाशाखाका अनुसार आज दिनभरको मौसम देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


प्रदेश नं ५ , गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, राती देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »