सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भगवान् बनेर झारफुक गर्छु भन्दै भाउजुमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ

सल्यान। झारफुक गर्ने बहानमा बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजु नाता पर्नेलाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा बिहिवार पक्राउ गरिएको हो।

गएको साउन २० गते राति बिरामी भाउजुलाई भगवती र आफु शिब भगवान बनेर एक्लै झारफुक गरे सन्चो हुन्छ भन्दै बलात्कार गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनु भयो ।

आँफु बिरामी भएको र देवरले आफुले फुकेपछि मात्र निको हुँने भन्दै एक्लै कोठामा बसाली रातको समयमा बलात्कार गरेको पिडितले बताएको प्रहरीले जनाएको छ । शिवले भनेको नमाने अनिष्ट हुने भन्दै धार्मिक डरत्रास देखाई बलात्कार गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

पिडित महिलाले बिहिबार जाहेरी दिएपछि आरोपितलाई बिहिबार नै पक्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको प्रहरी प्रमुख खतिवडाले बताउनु भयो । यो खबर समाचार पत्रले छापेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »