सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हालसम्म विदेशमा अलपत्र साढे ५१ हजार नेपालिको उद्धार

काठमाडौं। कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण समस्या तथा अलपत्र परेका नागरिकलाई उद्धार गर्ने क्रम जारी छ।

जेठ अन्तिम साताबाट उद्धार थालिएकामा हालसम्म ५१ हजार ४ सय ४१ जना स्वदेश फर्किएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जनाएको छ।

सिसिएमसीका अनुसार उद्धार गरिएकामध्ये प्रदेश १ का १० हजार ८ सय ८३, प्रदेश २ का ८ हजार ५ सय ६ र बागमती प्रदेशका १४ हजार २ सय ५७ जना रहेका छन्।

त्यस्तै, गण्डकीका ६ हजार ७ सय १, प्रदेश ५ का ८ हजार ५ सय ९८, कर्णालीका १ हजार १ सय ७७ र सुदूरपश्चिमका १ हजार ३ सय १९ जना रहेका छन्।

उनीहरूलाई चार्टर्ड विमानबाट नेपाल ल्याइएकामा खर्चको व्यवस्थापन स्वयं व्यक्तिले गरेका थिए।

सिसिएमसीका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी युएईबाट १४ हजार ३ सय १४ रहेका छन्। भदाै १ गतेबाट दाेस्राे चरणको उद्धार हुँदैछ।

भर्खरै

सम्बन्धित खबर

Language »