सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा वि च्याट पनि प्रतिबन्ध गर्ने ट्रम्पको निर्णय

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एक कार्यकारी आदेश जारी गर्दै ४९ दिनभित्रमा कुनै अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरे।

यो सँगै विश्वको जीवन्त सामाजिक सञ्जाल तथा विस्तृत सोसल मिडियामा बजारलाई समाप्त गर्ने खतरा उत्पन्न भएको बताइएको छ ।

यस्तै आगामी ४५ दिनभित्रमा अमेरिकामा कुनै खरीदकर्ता फेला पार्न नसकेमा चिनियाँ मेसेजिङ एप वि च्याटलाई समेत अमेरिकामा प्रतिबन्धित गर्ने ट्रम्पले निर्णय गरेका छन् ।

विच्याटमाथि ट्रम्प प्रशासनको हमला पश्चात् यसको मातृ कम्पनी टेनसेन्टमाथि अनिश्चयको बादल मडारिएको छ र कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको छ ।

चिनियाँ कम्पनी टेनसेन्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक हो र यसको व्यवसाय प्रविधि तथा स्टार्टअप प्रणाली लगायतमा विश्वव्यापी बनिसकेको छ ।

अमेरिकी भूतपूर्व वाणिज्य वार्ताकार ह्यारी ब्रोडम्यान भन्छन्, ‘अमेरिकाका विद्यमान कम्पनीहरु तथा लगानीकर्ताहरु समक्ष अहिले इतिहासकै सबैभन्दा धेरै अनिश्चितता छाएको छ । महामारीका कारण लगानी तथा आर्थिक वृद्धिमा मन्दी आइसकेको अवस्थामा यस्ता गतिविधिले अर्थतन्त्रमा झनै अनिश्चितता थप्नेछ ।’

विच्याटमाथि अमेरिकाले लगाउन लागेको प्रतिबन्ध टेनसेन्टको लगानी तथा साझेदारी रहेका अन्य कम्पनीहरुप्रति समेत लक्षित हुन्छ कि हुँदैन भन्ने अहिलेको जिज्ञासाको विषय रहेको छ ।

आगामी दिनमा ट्रम्प प्रशासन केवल विच्याटमाथि मात्र केन्द्रित हुन्छ कि विस्तृत रुपमा टेनसेन्ट कम्पनीमाथि नै छानविन अगाडि बढाउँदछ भन्ने कुराले विश्वको डिजिटल बजारलाई आधारभूत रुपमा परिवर्तन गराइदिनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »