सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आजको मौसम : विभिन्न चार प्रदेशमा वर्षा

काठमाडौं। मंगलबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखी मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहेको छ ।

महाशाखाका अनुसार अहिले बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र कर्णाली प्रदेशका आसपासका क्षेत्रमा वर्षा भइरहेको छ ।

आज दिउँसोपछि पनि देशका केही स्थानमा मात्र हल्कादेखी मध्यम पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »