सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं । सरकारले मन्त्रिपरिषदबाट भदौ एक गते गरेका निर्णय सार्बजनिक गरेको छ । सरकारका प्रवक्ता युवराज खतिवडाले सोमबारको मन्त्रिपरिषद्का निर्णय मंगलबार सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषदले बेल्जियम र युरोपियन युनियन, पाकिस्तान र जर्मनीका लागि तीन जना राजदूतको नियुक्ती गरेको प्रवक्ता खतिवडाले जानकारी दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा बेल्जियम र युरोपियन युनियनका लागि गहेन्द्रराज भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई नियुक्त गरिएको हो ।

त्यस्तै सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवारलाई एक जनाको मृत्यु भएको भए दुई लाख र एकै परिवारमा एकभन्दा बढीको मृत्यु भए प्रतिव्यक्ति थप एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै बाढीपहिरोमा परेका घाइतेको नि:शुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »